उनको परिवारमा तीनजना रहेका थिए। तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।
उनकी श्रीमती भने सकुशल रहेको तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।