टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय विरा राई रहेका छन्।

प्रहरी निरीक्षक साहका अनुसार टिप्पर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation