खोलाले बगाउँदा एक शिक्षकको मृत्यु

भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा  माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेको समयमा एक्कासी खोलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका –९ का इन्द्रबहादुर रोकायको बगेर मृत्यु भएको कुशे गाउँपालिकाकाकी उपाध्यक्ष देविका सिंहले जानकारी दिइन्।

रोकाय मालटाकुरा माध्यमिक विद्यालय कुशेका शिक्षक हुन्। बाढीले बगाएर  घाइते हुनेहरुमा कुशे– ४ तम्ती का  राजेन्द्रबहादुर  शाही,  खिम बहादुर  शाही,  पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे –१ तारेचौर  गोविन्द  रावत  दीपेन्द्र बहादुर  चलाउने रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation