भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक पक्राउ

१४ असार, काठमाडौँ

प्रहरीले नक्कली भुटानी  शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरेको छ।

उनलाई आज राति बौद्धबाट पक्राउ गरिएको निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।

भुटानी शरणार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनमै नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइएको खुलेको थियो।

उक्त नक्कली काममा थापाले बिचौलियाको काम गरेका प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीको विशेष ब्यूरोसहितको फरार अपराधी खोजतलासमा खटिएको विशेष टोलीले उनलाई शुक्रवार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation