ओलीसँगको सम्बन्ध सकारात्मक छ – देउवा

१७ असार, काठमाडौं

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन्।

सत्तासमीकरण परिवर्तनको चर्चाबीच बसेको पदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटबारे ब्रिफिङ गरेकाे कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। प्रमुख प्रतिपक्षी दलका नेता र सत्तागठबन्धनको प्रमुख दलका नेताबीच भेट हुँदा सत्तासमीकरण परिवर्तनको चर्चा चल्नु सामान्य रहेको उनले बताए।

बैठकपछि विश्वकर्माले भने, ‘मुख्य राजनीतिक दलका नेताहरू र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नै छलफलमा रहँदा अनुमान लगाउनु स्वाभाविक हो। तर, उहाँले आज यति मात्रै भन्नुभयो– (ओलीले) चिया खान बोलाउनुभयो। हामी बस्यौँ, र सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो। अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation