तीन दिनदेखि युवती बेपत्ता, खोजीदिन परिवारको आग्रह

२१ असार, दङ
घोराहीबाट तीन दिनदेखि एकजना युवती बेपत्ता भएकी छिन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८  ढोडिनी स्थायी घर भई हाल घोराही उपमहानगरपालिका  वडा नं १५ स्थित मेनरोड  बसोवास गर्दै आएकी पुनसरी घर्तीको छोरी २३ बर्षीया भूमिका घर्ती तीन दिनदेखि बेपत्ता भएकी हुन् ।
घर्ती घोराही बजारमा ब्युटी पार्लर सिक्दै आइरहेकी थिइन् । उनी गत बुधबारदेखि आफु बस्ने कोठाबाट पार्लर जाने क्रममा  बेपत्ता भएको परिवारले जनाएको छ ।

परिवारले छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएको छ । परिवारले तीव्र गतिमा छोरी खोजिरहेको भएपनि अहिलेसम्म भेटाउन नसकेको जानकारी दिएको छ । सबै क्षेत्रबाट छोरी खोजिदिन समेत परिवार पक्षले आह्वान गरेको छ ।

छोरी हराएपछि भोक न तिर्खा भएको आमाले छोरी खोजीदिनका लागि मद्दत गरिदिनुहुन सबैसामु अनुरोध गरिन् । छोरी कतै फेला परिहालेमा नजिकैको प्रहरी चौकी वा ९८६४७२९५५८ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । छोरी अचानक कसरी /किन बेपत्ता भएको भन्ने बारे परिवारले पत्ता लगाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation