नारायणी नदीमा फसेका २ जनाको पाँच घण्टापछि भयो उद्धार

२३ असार, काठमाण्डौ

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए ।

अरू दुई जना गैंडाकोट नगरपालिका–५ का ५० बर्षका ओमबहादुर गुरुङ र ४२ बर्षका खुमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले गएराति सवा १० बजे सकुशल उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation