हालसम्मको सत्ता समीकरण फुटेको भाँडोजस्तो मात्र भयो – प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेसम्मका सत्ता समीकरणहरु माटोका फुटेको भाँडाजस्ता मात्र भएको टिप्पणी गरेका छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले यस्तो बताएक‍ा हुन्। सांसद सुवालले नयाँ सत्ता समीकरण व्यापारीको घरमा बसेर भएकोमा आपत्तिसमेत जनाए।

उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोपसमेत लगाए। सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वाभाविक हुने बताए।

‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भयो। नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो?‚’ उनले भने, ‘सार्वजनिक हुन आवश्यक छ। यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला।’

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation