पहिरोले घर पुर्दा सातजनाको मृत्यु, दुई घाइते

२८ असार, काठमाडौं

कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। म‌ृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation