त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव फेला

त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ। चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ। पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने छ।

शुक्रवार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन्।

यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन। आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीले  खोजी कार्य जारी राखेको छ। आइतबार चितवन आएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी  भइरहेको जानकारी दिएका थिए।

गत शुक्रवार बिहान काठमाडौँ गौरको बस र वीरगन्ज काठमाडौँको बस भरतपुरको सिमलतालवाट  त्रिशूलीमा खस्दा बेपत्ता छ। पहिरोले बगाएर बेपत्ता भएको सो बसमा ६५ जना यात्रु थिए। जस मध्ये ३ जना पौडिएर बाच्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation