भारतको कारण ३ सय बिघा खेतीयोग्य जमिन डुबानमा

भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।

असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्।

यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो। ‘बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएको छ। अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको छ,’ यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले भने।

महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ।

त्यसले निकास थुनिँदा नेपालतर्फ डुबान भएको नेपाली किसानको दाबी छ।

रोपाइँ गर्न तयार खेत डुबेपछि १५० परिवार किसानको चिन्ता बढेको छ। कतिपय किसानको बिउ रोप्न नपाउँदा पहेंलिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation