अमेरिकी भिसाका लागि उपसभामुख रानाले आर्थिक लेनदेन गरेको तथ्य भेटिएन : रास्वपा

६ साउन, काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकाको भिसाका लागि आर्थिक लेनदेन नगरेको दाबी गरेको छ।

उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गरी रास्वपाले भिसाका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र आर्थिक लेनदेन भएको भन्ने प्रमाणित हुन नसकेको बताएको छ।

‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा तानिएकी हुन्। एक वर्षअघि ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औँ सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै चार पुरुष र एक महिलालाई समेत लग्नेगरी दूतावासमा पत्र पठाएकी थिइन्।

आर्थिक लेनदेनसँग सम्बन्धित अडियोसमेत सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation