सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।

उक्त विमानमा चालक दलका सदस्यसहित सौर्यका कर्मचारी रहेको शंका गरिएको छ।

विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ। सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation