जब एकैदिन ३ चितुवा मृत भटिए……….

११ साउन, काठमाडौँ

धादिङमा आज तीनवटा चितुवा मृत फेला परेको छ। जिल्लाको थाक्रे गाउँपालिका-१० केवलपुरमा ३ वटा चितुवा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा चितुवा मृतावस्थामा फेला पारेका हुन्। चितुवा के कारणले मरेको भन्नेबारेमा यकिन नभएको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत अवस्थामा भेटिएको हो। घाँस काट्न गएका वेला स्थानीयले देखेर खबर गरेका वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation