सिमलताल पहिरो: आजदेखि खोजी रोक्ने तयारी

चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुगेको छ।

नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ।

बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए। बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। त्यसमध्ये ४ शवको अझै सनाखत हुन सकेको छैन।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरिरहेका छन्।

लगातार १६ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनेका छन्।

खोजीका लागि आएको भारतीय टोली आज फर्किने तयारीमा छ। नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने र त्यसका लागि आज सरोकारवालाबीच छलफल हुँदैछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation