धरहरा पालिका विशेषको होइन, अब खुलाउनुपर्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि जनाए । ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेका थिए ।

‘अब त्यसलाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ’, उनले भने, ‘कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने हो, त्यसको छुट्टै कार्यविधि बनाएर यस्ता कुरा सञ्चालन गर्ने हो ।’

आफ्नै पहलमा ‘मै बनाउँछु मेरो धरहारा’ अभियान सुरु गरेर ३६ करोड रुपैयाँ संकलन गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation