आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध..

देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षा भइरहेको छ।

दिउँसो  पनि सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको अनुमान छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेको विभागले जनाएको छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation