घोराही-तुलसीपुर सडक डिपिआर स्वीकृतका लागि पठाइयो भारत

१६ साउन, घोराही

दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिव एक बर्षपछि डिपिआर स्वीकृतका लागि भारत पाठइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतीका लागि परराष्ट्र मन्त्रालयले भारतीय राजदुतावासमार्फत भारत सरकार समक्ष पठाएको हो ।

सडक सुधार तथा विकास आयोजनाले तयार गरेको नयाँ डिपिआरको फाइल भारतीय एक्जिम बैंकबाट स्वीकृत प्राप्तका लागि परराष्ट्र मन्त्रालयले भारतीय दुतावासमार्फत भारत सरकारलाई पठाएको सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोर्डिनेटर अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।

उहाँका अनुसार भारतीय दुतावासले डिपिआरको फाइल भारत सरकारमार्फत एक्जिम बैंकलाई पठाउने र एक्जिम बैंकले हेरेर स्वीकृत गरेपछि घोराही–तुलसीपुर चारलेन सडक ठेक्का प्रक्रियामा जाने सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोर्डिनेटर अर्यालले जानकारी दिए । प्रोजेक्ट कोर्डिनेटर अर्याललका अनुसार ठेक्का तोडिएको एक बर्षपछि सडक विभाग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै साउनको पहिलो साता स्वीकृतिका लागि भारत पठाउने काम भएको बताए ।

नयाँ डिपिआर अनुसार घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तिखोवासम्मको २९ किलोमिटर सडक चारलेन बन्ने छ । त्यसैगरी सडक निर्माणका लागि नेपालका निर्माण कम्पनीले पनि ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छन् । घोराही–तुलसीपुर चारलेन सडक बिस्तारको काम लामो समयसम्म अलपत्र परेपछि सरकारले गतबर्ष भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्ध गरेको थियो ।

उहाँले भन्नुभयो,’यो नेपाल र भारत सरकारबिचको कुरा हो । हामीले डिपिआर तयार गरेर पठाउने काम गरेका छौ । कति समयमा स्वीकृत भएर आउँछ त्यो भन्न मिल्दैन । तर परराष्ट मन्त्रालयले चासो दिएर लाग्यो भने चाडै स्वीकत हुन सक्छ ।’

ठेक्का सम्झौता रद्ध गरेपछि घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तिखौसम्म पुरै सडक चारलेन बनाउन बनाउनका लागि नयाँ डिपिआर बनाउँदा समय लागेको प्रोजेक्ट कोर्डिनेटर अर्यालले बताए ।

लामो समयपछि ठेक्का प्रक्रिया अघि बढाउनका लागि डिपिआरको फाइल स्वीकृतिका लागि अघि बढेको भन्दै प्रोजेक्ट कोर्डिनेटर अर्यालले भने,‘पहिले घोराही–तुलसीपुर सडक कतै चारलेन र कतै दुईलेन बन्ने गरि डिपिआर बनेको थियो । अहिले त्यसलाई परिमार्जन गरेर पुरै सडक चारलेन बनाउने गरि डिपिआर तयार गरेर स्वीकृतिका लागि पठाएका छौ ।’

यसअघि घोराही तुलसीपुर सडकखण्डअन्तर्गत कतै चारलेन र कतै दुईलेन सडक बनाउने गरि अघि बढाइएको थियो । त्यसलाई अहिले परिमार्जन गरेर नयाँ डिपिआर निर्माण गरिएको हो । डिपिआर नयाँ बन्दा लागत स्टीमेट समेत बढ्ने भएकाले लगानीकर्ताको स्वीकृतिका लागि डिपिआर पठाइएको सडक सुधार तथा विकास योजना कार्यालय दाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर विवसबाबु सदादेवले जानकारी दिए ।

कार्यालय प्रमुख सदादेवका अनुसार लगानीकर्ताले नयाँ डिपिआर स्वीकृत गरेको अवस्थामा अवको २÷३ महिनामै ठेक्का लाग्ने बताए, ‘चारलेन सडक विस्तारका लागि नयाँ डिपिआर तयार भइसकेको छ, भारतबाट स्वीकृत भएमा ठेक्का प्रक्रिया अघि बढ्ने छ । स्वीकृत नभएको खण्डमा केही परिमार्जन गर्दा केही समय फर्किनुपर्ने हुन सक्छ ।’

घोराही–तुलसीपुर चारलेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । ३० महिनाभित्रमा काम सक्ने गरी भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता भएको थियो । तर चौथो पटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेन । सुरुमा २०७८ साल जेठ ६ गतेभित्र काम सक्नुपर्ने सहमति थियो तर त्यो अवधिमा ६ प्रतिशत मात्र काम भएको थियो ।

त्यसपछि २०७८ साल साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक र २०७८ साल पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर फेरी पनि काम अघि बढ्न नसकेपछि तेस्रोपटक २०७९ साल वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । त्यसपछि चौथोपटकका लागि २०८० साल असारसम्म स्वतः म्याद थप गरिएकामा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएकाले सरकारले २०८० जेठ महिनामा ठेक्का रद्द गरिएको थियो ।

भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर ९नेपालीमा एक अर्ब २३ करोड० मा निर्माण गर्न भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले ठेक्का पाएको थियो । जीर्ण बनेको सडक मर्मत गरेर सञ्चालन गरेपनि लामो समयसम्म ठेक्का प्रक्रियाको काम अघि नबढ्दा पुनः सडक जीर्ण बन्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation