प्युठानको बुढादेबी बजारमा बाढी पस्दा १२ घर डुबानमा

१६ साउन, प्युठान

प्युठानको प्युठान नगरपालिका- १०, मा अवस्थित बुढादेबी बजार सहितको बस्ती डुबानमा परेको छ। भुस्बाङ खोलामा आएको बाढी बस्तिमा छिर्दा बजार क्षेत्र दुबानमा परेको हो।

स्थानीयका अनुसार अहिलेसम्म पुरानो गाबिस भबन सहित १२ घर डुबानमा परेका छन् । स्थानीय पार्बती सुनार, डिल बहादुर सार्की, पार्बती सुनार, आत्माराम सुनार, डिल बहादुर सुनार, गिता नेपालि, गिता सुनार, कृष्ण बहादुर केसि, राधा केसि, बोम बहादुर भन्डारीको कृषि फारम लगाएतका घर डुबानमा परेका छन् ।

बाढीले केही घरहरु भत्किएको र कुखुरासहितका पसु चौपाया बगाएको स्थानीयहरु बताउँछन् । बस्तीमा बाढी पस्दा स्थानीयहरु त्रसित छन।

बस्तिमाथि सडक निर्माण गर्दा त्यसको असर तटिय क्षेत्रका बस्तीमा देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation