भारी वर्षाले चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपदका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। ३५  जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको हो। केही क्षेत्रमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ शहरबाट ११ हजारभन्दा बढी मानिसलाई शहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडकहरू चरम मौसमका कारण अस्थायीरूपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो।

‘टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठ शहरमा अवरुद्ध गरिएको सडक हाल खोलिएको छ। प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ’, अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउँदै राज्य प्रसारणकर्ता सीसीटीभीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation