जनार्दनले पार्टी फुटाउँछन् भन्नु गलत हो: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भनेर प्रचार हुनु गलत भएको उनले बताए ।

स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले केही समयदेखि माओवादी पार्टी फुट्छ भनेर प्रचार गरिएको बताए ।

‘कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए । यो बैठकसम्म आउँदा सबै भ्रम चिरिएको छ’,  उनले भने, ‘खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछन् भने जस्तो जो मोहाल बनेको छ, यो विकल्प गलत हो ।’

पार्टी एकताबद्ध भएको भन्दै उनले जनार्दन शर्मा प्रभाकर लगायतका नेताहरुमाथि गरिएको आशंका गलत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation