बस दुर्घटना हुँदा १६ जना घाइते !

३२ साउन, धनगढी 

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।

सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation