गठ्ठाघर दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ।

मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौंको कपन बस्ने उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए।

६५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ। कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।​

गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्।​ ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका –२ बस्ने बर्ष ३२ को मलङ सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation