
सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।
कार्कीलाई दुर्घटनालगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको प्रहरीको भनाइ छ ।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्समेत हुन् ।