इनारमा फसेर दुई जनाको मृत्यु

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिए ।

कुवा सरसफाइ गर्न कुवाभित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुरमा रहेको नेपाली सेनाको वेस क्याम्पबाट अक्सिजनसहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

बेहोस अवस्थामा अस्पतालमा ल्याइएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो,‘सुरुमा यामबहादुर कुवामा पस्नुभएको रहिछ । उनी कुवामा पसेर नबोलेपछि फेरी मुकेश गएको र उनी पनि त्यही बेहोस भएपछि स्थानीयले प्रहरीलाई खवर गरेका रहिछन ।’

घट्ना करिव विहान नौ बजेतिरको भएको प्रहरीले जनाएको छ । दुबैजना बिना डोरी करिव १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation