इजरायली आक्रमणमा सात प्यालेष्टिनीको मृत्यु

गाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ। 

प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ घाइते भएको सिन्ह्वालाई बताएका छन्। इजरायली सेनाले भने आक्रमणबारे कुनै टिप्पणी गरेको छैन।

सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टिन-इजरायली द्वन्द्व शुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन्। मृत्यु हुनेको सङ्ख्या ४० हजार ४३५ पुगेको र ९३ हजार ५३४ घाइते भएका छन्।

गाजापट्टीका प्यालेष्टिनीले गम्भीर मानवीय संकटको सामना गरिरहेको सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation