मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

धनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको छ ।

ट्रक र चालक बझाङको वित्थडचिर गाउँपालिका-२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation