खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

१८ भदौ, कपिलवस्तु 

अर्घाखाँचीको शीतगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। शीतगंगा नगरपालिका–१३, सिमलपानीको बीचमा पर्ने छहारामा फोटो खिच्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो।

कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी र सोही ठाउँका २९ वर्षीय उमेश पौडेललाई खोलाले बगाउँदा बेपत्ता भएका थिए। खोजतलास गर्ने क्रममा उमेशको शव झरनाभन्दा पाँच सय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको छ।

किशोरको खोजी भइरहेको छ। मंगलबार दिउँसो घुम्न निस्किएका चारजना झरनामा फोटो खिचाउन पुगेका थिए। झरनाले चारै जनालाई बगाए पनि दुईजना पौडिएर बाँच्न सफल भएका थिए।

दुईजनामध्ये एकजनाको शव फेला परेको र अर्का युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation