मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ: रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् ।

सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।

कहिलेकाहीँ राति साढे नौ बजेसम्म मन्त्रिपरिषद बैठकमा हुने गरेको उनले बताए । ‘मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त’, रक्षामन्त्री राईले भने, ‘बिहान बेलुका फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने अन्यथा नठानिदिनुहोस् ।’

मन्त्री भएपछि फोन पनि उठाएन भन्ने सन्देश जाला कि भन्ने डर लाग्न थालेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation