२३ भदौ, काठमाडौं
भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।
२३ भदौ, काठमाडौं
भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।
लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म २८ जनाको उद्धार गरिएको छ। राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नि नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्’, लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने।
प्रमुख अग्नि नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताए। ‘अझै धेरै मानिसहरू फसेको भनिएको छ। फसेकाहरुको यकिन सङ्ख्या थाहा हुन सकेको छैन’, कुमारले भने।
दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation