
२४ भदौ, रुकुम पश्चिम

२४ भदौ, रुकुम पश्चिम
रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।
साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको थियो। महिलाको शव खोलाभन्दा तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2026 Pranmancha All right reserved Site By : Himal Creation