२६ भदौ, काठमाडौं
भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ। अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ।
२६ भदौ, काठमाडौं
भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ। अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ।
हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा लाओ काई प्रान्तका १९, येन बाई प्रान्तका २२, क्वाङ निन्ह प्रान्तका ९ जना समेत रहेको बताइएको छ।
अन्य मृत्यु राजधानी हनोई, हाई फोङ शहर, होआ बिन, हाई डुओङ, लाङ सन, टुएन क्वाङ, हा जियाङ र लाइ चाउ प्रान्तका थिए। मन्त्रालयको डाइक व्यवस्थापन तथा विपद् रोकथाम तथा नियन्त्रण विभागका अनुसार शक्तिशाली हावासहितको आँधी यागीले तटीय प्रान्त क्वाङ निन्ह र हाई फोङ सहरका ४८ हजार ३३७ घरमा क्षति पुर्याएको छ।
उत्तरी क्षेत्रमा मंगलबार र बुधबार पानीको बहाव बढ्ने अनुमान गरिएको छ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation