जीपले ठक्कर दिँदा बालिकाको मृत्यु

२७ भदौ, तनहुँ

व्यास नगरपालिका-७ कलेस्ती बजारमा बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास-७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जीपले पैदलयात्री श्रेष्ठलाई साँझ ७ः३० बजे ठक्कर दिएको थियो।

जीपको ठक्करबाट घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जीप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation