आज तीन संसदीय समितिको बैठक बस्दै

२८ भद, काठमाडौं

संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजनाका सम्बन्धमा छलफल हुने भएको छ।

कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायतका विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषयका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान साढे ११ बजे बस्नेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक दिउँसो १ बजे बस्ने तय भएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation