सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु, एक गम्भीर

 

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ ।

नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation