आजदेखि सुरु हुँदै इन्द्रजात्रा

३० भदौ, काठमाडौं

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु हुँदैछ। हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ। आज  बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थानको कार्यक्रम छ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ।

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ। इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ।

यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १ गते परेको छ।  यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ। यस दिन तल्लो टोलमा र असोज २ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ।

असोज ५ गते शनिबार नानिचा यात्रासँगै राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation