अरिङ्गालले टोकेर एकजनाको मृत्यु

३० भदौ, जाजरकोट

जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्।

शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए। घाइते शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाईएको थियो।

दल्ली अस्पतालमा ल्याएर चेकजाँच गर्दा डाक्टरले शनिवार साढे ६ बजेको समयमा शाहीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation