प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबिच भेटवार्ता

६ असोज, काठमाडौँ 

प्रधानमन्त्री केपी शर्मा ओली र स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।

राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ ।

त्यसअघि शनिबारै प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि)  को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation