
७ असोज, घाेराही
माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन गइरहेकाे पार्टीले साेमबार घाेराहीमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
संसदीय कम्युनिस्ट तथा गैह्रकम्युनिस्टहरुले विचारमा आधारित इमानदारीता, नैतिकता र आदर्शकाे राजनीतिलाई तिलाञ्जली दिइएकाे वर्तमान परिप्रेक्ष्यमा कम्युनिस्ट आन्दोलनकाे रक्षाकाे निम्ति पार्टीले क्रान्तिका झण्डा उँचो राखेकाे वक्ताहरुले बताए ।
नेपालमा जनवादी क्रान्ति सफल भएको हवाला दिएर जनतालाई ठुलाे भ्रममा पारिएकोले त्याेबाट मुक्त हुन जरुरी रहेकाे साे पार्टीले बताएकाे छ । जनवादी क्रान्तिकाे कार्यभार पूरा गर्नेगरी पार्टीले क्रान्तिकारी कम्युनिस्ट पार्टीको इतिहासमा याे महाधिवेशनमा विचार र बहसलाई केन्द्रमा राखेकाे बताएको छ ।
पार्टीका जिल्ला संयाेजक रामजी चाैधरीकाे अध्यक्षता तथा प्रदेश संयाेजक श्यामबहादुर बाेहराकाे प्रमुख आतिथ्यमा घाेरहीस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा भएको पत्रकार सम्मेलनमा दाङ जिल्ला संयाेजक चाैधरीले आगामी एकता महाधिवेशनबारे जानकारी गराउँदै वडा तथा नगरका भेला, बैठक र प्रशिक्षणहरु सम्पन्न गरिएको जानकारी गराए ।
पत्रकार सम्मेलनमा एकता महाधिवेशनबाट पार्टीको विचारात्मक, राजनीतिक तथा सांगठानिक कार्य दिशा निर्माण गरी नयाँ नेपाल निर्माणका लागि जनवादी क्रान्तिकाे बाँकी कार्यभार पूरा लक्ष्य तय गरिने प्रमुख अतिथि श्याम बहादुर बाेहाेरा “अटल” ले बताए ।
उनले नेपालमा जनवादी क्रान्ति पनि पूरा नभएकोले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाकाे पहिलाे खुड्किलाे (नयाँ जनवादी क्रान्ति) अनिवार्य ल्याएर मात्र पुँजीवादमा पुगिने बताए । यतिबेला दलाल पूँजीवादी संसदीय व्यवस्था विरुद्धको अभियानलाई सार्थक बनाउन र नयाँ वैज्ञानिक जनवादसहितकाे व्यवस्था स्थापनाकाे लागि एकता महाधिवेशनले आधार तय गर्ने बताए ।
त्यस्तै लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख शशिधर भण्डारीले संसारभरकाे कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेकाे बताउँदै संशोधनवादीहरुसँग सम्बन्ध बिच्छेद र क्रान्तिकारी कम्युनिस्टहरुबीचकाे एकता, संघर्ष र रुपान्तरणले कम्युनिस्ट पार्टीलाई जीवन्त राख्ने गर्ने बताए । नेपालकाे कम्युनिस्ट आन्दाेलनकाे रक्षा, प्रयाेग र विकासका लागि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुकाे काँधमा जिम्मेवारी आएकाेले अबकाे पिँढीले त्यसलाई कुसलतापूर्वक बहन गर्न तयार हुनुपर्ने बताए । आगामी एकता महाधिवेशनमा झण्डै १ दर्जन डकुमेन्ट माथि छलफल हुने भण्डारीले बताएका हुन् ।
कार्यक्रममा विभिन्न सञ्चार सम्बद्ध पत्रकारहरुले पार्टीको आगामी कार्यदिशा, कार्यनीति र तत्कालीन कार्यक्रमका विषयमा जिज्ञासा राखेका थिए ।
पत्रकार सम्मेलनका निम्ति पार्टीले तयार पारेकाे पारेकाे प्रेस वक्तव्य वाचन गर्दै जिल्ला ईन्चार्ज नारायण याेगीले एकता महाधिवेशनकाे सन्दर्भ र आगामी कार्यक्रमका बारेमा जानकारी गराए ।
पत्रकार सम्मेलनकाे सहजीकरण जिल्ला सहसंयाेजक दीपक बिष्टले गरेका थिए