अखिल छैठौंकाे केन्द्रीय अध्यक्षमा सुवास

नेपाल कम्युनिस्ट पार्टी मसालकाे भातृ संगठन अखिल छैठौंकाे अध्यक्ष सुवास जिसीले पाएका छन् । दाङकाे घाेराहीमा भएको २३ औं राष्ट्रिय सम्मेलनले सुवास जिसीकाे अध्यक्षतामा २७ पूर्णकालिन र ८ जना वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेकाे हाे ।

असाेज १०, ११ र १२ गते भएको सम्मेलनबाट संगठनकाे उपाध्यक्षद्वेय देवेन्द्र पौडेल र बिबेक जिसी, महासचिव पुरन पोख्रेल सचिवमा जीवन नेपाली ,गणेश सापकोटा र कोषाध्यक्षमा समष्टी बुढा रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यमा कुलचन्द्र शर्मा (रुपन्देही), केशव वुढाथोकी (प्युठान), सरिता पुन (रोल्पा), सन्ध्या भट्टराई (वारा), विमल खरेल (वाग्लुङ्ग), महेश शर्मा (सुर्खेत), पुजा वेलवासे (काठमाडौ), प्रकाश चुँधाली (अर्घाखाँची), कृष्ण वाग्ले (चितवन), सेवक भट्टराई (दाङ्ग), लक्ष्मण पुन (प्युठान), दिनेश रैदास (दाङ्ग), मदन भुसाल (काठमाडौ), सृजना सुवेदी (रामेछाप), माधव विक (रुपन्देही), टिना अदै (कपिलवस्तु), अंशु ठडराई (पाल्पा), कर्ण नेपाली (वाग्लुङ्ग), रेखा पौडेल (वाग्लुङ्ग), दिनेश खड्का (कैलाली )

त्यस्तै वैकल्पिक सदस्यमा अमिर वाष्कोटा (झापा), पृथ्वी रोका (काठमाडौ ), हिमाल शाही (कैलाली), सविना परियार (प्युठान), निशा गौतम (नवलपरासी), सचिन ढकाल (गुल्मी), वर्षा पोख्रेल (नवलपुर), भावना दर्लामी (वाग्लुङ्ग)

सम्मेलनले ४ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरेकाे नवनिर्वाचित अध्यक्ष सुवास जिसीले बताएका छन् । केन्द्रीय सल्लाहकार समिति सदस्यहरुमा देवेन्द्र कुवर (अर्घाखाँची), गणेश अधिकारी (कास्की), नवीन पाण्डे (सुनसरी), सरोजमान सिंह (रुपन्देही) रहेका छन् ।

संगठनले पार्टीले उठाउने राष्ट्रिय स्वाधीनता, जनजिविका र भ्रष्टाचारका हरेक गतिविधिमा विद्यार्थी संगठनले नेतृत्वदायी भूमिका खेल्ने र देशभरका विद्यार्थीहरुमाझ जागरणका नयाँ नयाँ कार्यक्रम गर्दै समग्र विद्यार्थी आन्दोलन नयाँ शिराबाट अगाडि बढाइने सुवास जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation