१३ असोज, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ।
आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो। बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ। बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए। उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए। उनले सरकारले संवेदनशीलता नदेखाएको र अक्षमता र अकर्मण्यता देखाएको आरोप लगाए।
उनले भने, ‘सरकार, गठबन्धन, गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ। रवि, रास्वपा र सहकारी। अरु त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन। त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन। आवश्यक परेको बेलामा के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो।’
उनले विपद्को तयारीमा सरकार असफल भएको बताए।