चीनद्वारा बाढी पीडितका लागि डेढ करोड सहयोग

१६ असोज, काठमाडौं 

चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । प्राकृतिक प्रकोपमा आफन्तजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै राजदूत सोङले थप सहयोगका लागि चीन तयार रहेको पनि बताए ।

चीनले प्राकृतिक विपत्का बेला नेपाललाई आर्थिक तथा राहत सामाग्री उपलब्ध गराउँदै आएको छ । गत वर्ष जाजरकोट भूकम्प पीडितलाई राहत सामाग्री लिएर चिनियाँ वायुसेनाका विमानहरु पोखरा विमानस्थलमा अवतरण गरेका थिए ।

चीनले खोज तथा उद्धार कार्यमा पनि प्राविधिक सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation