भौतिकवादी समाजको प्रथम सर्लाही जिल्ला भेला सम्पन्न

१७ असोज, लालबन्दी

आज भौतिकवादी समाज नेपालको प्रथम सर्लाही जिल्ला भेला लालबन्दी स्थित जानकी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

भेलामा समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले नेपाली समाज अन्धविश्वास रुढीवाद र धार्मिक पाखण्डले भएको बेलामा भौतिकवादी समाजको टड्कारो अवस्था रहेको बताउँदै अब हाम्रा नानीबाबुहरुले झुठो विश्वासबाट मुक्त हुनुपर्छ यस्तो विश्वासहरुले हामीलाई विज्ञानमुखी बनाउँदैन यतिबेलाको संसार विज्ञान र प्रविधिको भएको हुनाले हाम्रा संस्कृतिहरु पनि विज्ञानमुखी हुन जरुरी भएको बताए ।

अब पनि कुनै अदृश्य देवीको अगाडि जनावरहरूको बलि दिँदा हाम्रो सन्तानको र सिङ्गो समाजको सुख समृद्धि हुन्छ भन्ने अन्धविश्वासमा परेर धार्मिक चाडबाड मनाइराख्दा खेरि हामी वर्तमानको भन्दा पनि आर्थिक र सांस्कृतिक रूपले अधोगतिमा जान निश्चित भएकोले अब हाम्रो समृद्धि जीवनका सबै क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग गरेर मात्रै हुन सक्छ भन्ने कुरा सरोकारवाला सबैले बुझ्न र बुझाउन जरुरी भएको बताए ।

सोही कार्यक्रममा समाजको केन्द्रीय सदस्य भागीरथी प्रकृतिले महिलाहरू हाम्रो समाजमा धर्म र धार्मिक अन्धविश्वासबाट सबैभन्दा बढी पीडित र उपेक्षित भएपनि सबैभन्दा धार्मिक विचार बोक्ने महिलाहरुले नै गरेको हुनाले महिलाहरु जबसम्म धार्मिक संस्कृति छोड्दैनन् तबसम्म यो समाज अगाडि बढ्न नसक्ने निश्चित रहेको कुरा बताए । आधी आकाश थाम्ने महिलाहरू जबसम्म शिक्षित हुँदैन र वैज्ञानिक चेतनाबाट परिस्कृत हुँदैन तबसम्म देशले विकास नगर्ने कुरा स्पष्ट रहेको कुरा सबै आमा दिदीबहिनीले बुझ्नुपर्ने जरुरी रहेको कुरा बताउँदै भौतिकवादी समाज हाम्रो देशमा अन्धविश्वास विरुद्धको एउटा लडाई हो।

भेलाले सर्वसम्मतिले कमल शुसलिङको अध्यक्षतामा तीन सदस्यपछि थप्ने गरी १५ समिति चयन गरेको छ। जसको उपाध्यक्षमा अर्पण थिङ, सचिवमा भवानी मगर र कोषाध्यक्षमा रामहरि नेपाली तथा सदस्यहरूमा क्रमशः सरोज विश्वकर्मा, जीवन शाहशंकर, तिलक बहादुर राउत , ज्वाला विश्वकर्मा, विनिता विश्वकर्मा , राजमान विश्वकर्मा , खेम विश्वकर्मा, राजमान विश्वकर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation