राप्रपामा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

१८ असोज, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीकाका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर भएको श्रेष्ठले बताए।

वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभाग प्रमुख र वरिष्ठ उपाध्यक्ष  रवीन्द्र मिश्रलाई राजनीतिक विभाग प्रमुख तोकिएको छ।

यस्तै, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटवाललाई तोकिएको छ। केन्द्रीय सदस्य केदार न्यौपानेलाई लेखा समितिको प्रमुख बनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation