हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

१८ असोज, भरतपुर 

चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका-६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ’ निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने, ‘ सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’,  भने।

जग्दुका साथमा रहेका  एकजना भने भाग्न सफल भएको मगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation