
२० असोज, महोत्तरी
भौतिकवादी समाज नेपालको केन्द्रीय समितिको आयोजनामा सनिबार प्रथम महोत्तरी जिल्ला भेला बर्दिबासमा सम्पन्न भएको छ ।
भेलामा बोल्दै केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादी समाज नेपाल कुनैपनि कम्युनिस्ट पार्टीकाे भातृसंगठन होइन , यो सम्पूर्ण भौतिकवादी साथीहरूको साझा संगठन हो भनी बताए । उनले भौतिकवादी समाजले अन्धविश्वास , रूढीवाद र पाखण्डले भरिएको समाजलाई आजको एकाइसौं शताब्दीमा वैज्ञानिक विचारले लैसभएको समाज बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए ।
भेलामा केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले हाम्रो समाजमा राज्यद्वारा लामो समयदेखि अन्धविश्वासहरु शक्तिको भरमा लाद्ने काम भएको हुनाले सिङ्गो समाज मानसिक रूपमा मनोरोगी भएकोले भौतिकवादी समाज नेपालले उनिहरूको उपचार गरेर सभ्य मानववादी र प्रकृति मैत्री तथा तर्कशिल/ विवेकशील समाज बनाउन लागीपरेको बताए ।
उपेन्द्र कुमार भगतको अध्यक्षतामा पछि ३ सदस्य थप्ने गरी ११ सदस्यिय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा लाल बहादुर विश्वकर्मा, सचिवमा भिम कुमार राउत, कोषाध्यक्षमा बुद्धिमाया विश्वकर्मा र सदस्यहरुमा विशाल बस्नेत, गंगा सापकोटा, अनिषलाला दास र निरोज अधिकारी रहेका छन् । त्यसैगरी भेलाले तीन सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ जसमा मदन प्रभात, शंकर महतो र सावित्री मिश्र रहेका छन् ।
सामूहिक रूपमा ताली बजाएर शुरुवात भएको भेलाको सहजीकरण केन्द्रीय सदस्य शंकरप्रसाद रायले गरेका थिए ।