शान्ति सेनामाथि इजरायलको आक्रमण

२६ असोज, काठमाडौं 

इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन्।

त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते भएका छन्।

इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वररपल खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ।

घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ। श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गरेका छन्।

त्यस्तै फ्रान्स, इटाली र स्पेनका नेताहरूले जारी गरेको एक संयुक्त विज्ञप्ति इजरायलको कार्यको निन्दा गर्दै त्यसलाई तुरुन्तै अन्त्य गर्न आह्वान गरिएको छ।

हाल ५० देशका करिब १०,००० शान्ति सैनिक ८ सय नागरिक कर्मचारीसँगै लेबनानमा तैनाथ रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation