बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२६ असोज, काठमाडौं 

कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्।

गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए।

बञ्चरो प्रहार गर्ने डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation