शहीदमाथि अपमान नगर्न चेतवनी

शहीदमाथि अपमान नगर्न चेतवनी
नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन्।
मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो बताएका हुन्। जिल्लाको पौवादुङ्मा गाउँपालिका ६ ठूलो दुङ्मामा शहीद सन्देश राईको बुवा आमालाई एक कार्यक्रमकाबीच नयाँ घर हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा बोल्दै नेता किरातीले भने “यो व्यवस्था त्यति सजिलो आएको हैन, आज जसरी देशको प्रधानमन्त्री देखी तलका वडाध्यक्षसम्मका जनप्रतिनिधिले शासक प्रवृत्ति देखाइरहेका छन् यो राम्रो होइन। यो सरासर जनयुद्ध र जनयुद्धका शहीदहरुमाथिको अपमान हो। जनता र जनजिविकाका मुद्धालाई अदेखा गर्दै निश्चित वर्गका सेवामा किन तल्लिन भैरहेका छन् सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म ? गाउँपालिका अध्यक्ष देखी वडाध्यक्षसम्मले आज शहीद र तिनका परिवार नचिन्ने स्थितिमा किन पुगिरहेका छन्? आज आफ्नो नागरिक घरबारविहीन बनेको नदेख्ने स्थानीय सरकारदेखि जनताको गाँसबास कपासको मुद्धालाई वेवास्ता गर्दै जनपक्षीय काम गर्ने कुलमान घिसिङहरुलाई स्पस्टीकरण सोध्ने केन्द्र सरकारलाई हेक्का रहोस् जुन कुर्सीमा आज विराजमान भएर जनता माथि शासनको डण्ड चलाइरहेका छौ त्यो शहीदको बलिदानीसँग साटिएको हो। शहीदका परिवारका आँशु र हजारौँ घाइते र योद्धाहरुको रगत पसिनासँग साटिएको ह।”
किरातीले हरेक आन्दोलनहरुको आआफ्नै विशिष्ट योगदान रहेकाले कुनै पनि आन्दोलन र ती आन्दोलनका शहीदहरुमाथि कसैले अवहेलना गर्न नहुने धारणा राखेकाछन्।
दश वर्षे जनयुद्धका बेला २०६० माघ ९ गते उदयपुरमा तात्कालिन शाही सेनासँगको मुठभेटमा शहीद भएका सन्देश राईको आमा बुवालाई स्थानीय पार्टीको सकृयतामा घर निर्माण गरिएको हो।
स्थानीय गाउँपाटीको सकृयतामा पार्टी नेता,कार्यकर्ता र शुव्वेच्छुकहरुसँग सहयोग जुटाएर ५ लाखको लागतमा घर निर्माण गरिएको गाउँ पार्टी अध्यक्ष सन्तोष मुक्मिनले जनाएका छन्।
घर निर्माणमा पूर्व मन्त्री समेत रहेका संघीय सांसद किरातीले छानोका लागि आफ्नो एक महिनाको सेवा सुविधा बापत् ८० हजार रकम उपलब्ध गराएका थिए।
यससँगै यस बर्षको दशैँ यिनै शहीद परिवारसँगै मनाउने भएका छन्। दशैँ मनाउनका लागि शहीद परिवारकहाँ पुगेका किरातीले नयाँ घर हस्तन्तरणसँगै शहीद परिवारका लागि एक सरो कपडा, खाद्य सामग्री समेत हस्तान्तरण गरेका हुन्।
हरेक वर्ष समाजमा पिछडिएका समुदाय र व्यक्ति कहाँ गएर दशैँ मनाउने गरेका किरातीले यस वर्ष शहीद परिवारसँग दशैँ मनाउदै छन्। अघिल्लो वर्ष गोठवालाहरुसँग दशैँ मनाउन मैयुङ लेक पुगेका थिए।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation