ग्यास चुहावट हुँदा चीनमा सातजनाको मृत्यु

२८ असोज, काठमाडौं

पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

ग्यास शनिबार दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।

घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation